Sagun Khabar
डडेल्धुराका एक किशोरको डुबेर मृत्यु 
स्वास्थ्य सन्देश
Atrya hospital

डडेल्धुरा –डडेल्धुराका एक किशोरको नुहाउने क्रममा डुबेर मृत्यु भएको छ । जिल्लाको आलिताल गाउँपालिका–३ का १४ वर्षीय कर्णबहादुर मडैको बाँकेमा डुबेर ज्यान गएको हो ।

बाँकेको कोहलपुर नगरपालिका–४ मैटहवास्थित अंकल नाता पर्ने दिनेश कुमार जोशीको घरमा बस्ने उनको बेलनपुर सिक्टास्थित नहरमा नुहाउने क्रममा डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ ।

घटना सम्बन्धी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

प्रकाशित मिति: आइतबार, भदौ २०, २०७८  १६:४२
प्रतिक्रिया दिनुहोस्
Weather Update