शिक्षक भट्टराइद्वारा जन्मदिनकाे अवसरमा शैक्षिक सामग्री वितरण

बैतडी– बैतडीकाे कैलाश माविका शिक्षक भट्टराइले जन्मदिनकाे अवसरमा शैक्षिक सामग्री वितरण गरेका छन् ।
जिल्लाकाे पाटन नगरपालिका वडा नं १ डैंसिली स्थित कैलाश माविमा कार्यरत शिक्षक रामदत्त भट्टराइ रितिकले आफ्नाे जन्मदिनकाे अवसर पारेर विद्यार्थीहरुलाई शैक्षिक सामग्री वितरण गरेका हो ।
शिक्षक भट्टराईले साेमवार आफैले कार्यरत विद्यालयका २६ जना विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरेको विद्यालयका प्रधानाध्यापक गगन सिंह बोहराले बताए ।
उनका अनुसार शिशु देखि कक्षा १० सम्म कक्षा प्रथम र स्कुल प्रथम,द्वितीय ,तृतीय सहित टुहुरा ,जेहन्दार विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरिएकाे बताइएको छ ।
प्रकाशित मिति: सोमबार, साउन २६, २०८२ १५:१२
प्रतिक्रिया दिनुहोस्