चितुवाको छालासहित बैतडीका एक जना पक्राउ

बैतडी –बैतडीका एक जना चितुवाको छालासहित दार्चुलाबाट पक्राउ परेका छन् ।
जिल्लाको पुर्चौंडी नगरपालिका–७ का ५० बर्षीय भानसिंह ऐरलाई चितुवाको छालासहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रवक्ता, प्रहरी निरीक्षक छत्र रावतले जानकारी दिए ।
शैल्यशिखर नगरपालिका–३ कर्कलेबाट मंगलबार दिउँसो पौने २ बजेको समयमा ऐरलाई प्रहरी टोलीले पक्राउ गरेको हो ।
बिशेष सूचनाको आधारमा खटिएको प्रहरी टोलीले ऐर पक्राउ गरेको र उनलाई डिभिजन वन कार्यालयमा बुझाइने प्रहरी निरीक्षक रावतले बताए ।
घटनाका बिषयमा थप अनुसन्धान भइरहेको दार्चुला प्रहरीले जनाएको छ ।
प्रकाशित मिति: मंगलबार, साउन २७, २०८२ १७:१३
प्रतिक्रिया दिनुहोस्