
बैतडी –जिल्ला प्रहरी कार्यालय बैतडीका प्रमुख प्रहरी नायब उपरीक्षक मकेन्द्रकुमार मिश्रको सरुवा भएको छ ।
प्रहरी महानिरीक्षक दीपक थापाले मंगलबार मिश्रसहित नेपाल प्रहरीका ४१ जना प्रहरी नायव उपरीक्षक (डिएसपी)को सरुवा गरेका हुन् ।
मिश्रको बैतडीबाट नेपाल प्रहरी प्रदेश कार्यालय, मानव श्रोत व्यवस्थापन शाखा वीरगञ्ज,पर्सामा सरुवा गरिएको छ ।
उनको ठाउँमा बैतडीमा दिपककुमार रायलाई पठाइएको छ । रायलाई जिल्ला प्रहरी कार्यालय रौतहटबाट सरुवा गरेर बैतडी पठाएको हो ।
प्रहरी नायव उपरीक्षक मिश्र गत असोज १४ मा जिल्ला प्रहरी कार्यालय बैतडीमा प्रमुख भएर आएका थिए । झण्डै एक बर्षपछि मिश्रको सरुवा भएको हो ।
यस्तै बझाङका डिएसपी युवराज भण्डारीको सरुवा गरेर उनको ठाउँमा खगेन्द्र धमलालाई खटाइएको छ । अछामका डिएसपी ईश्वरीप्रसाद भण्डारीको सरुवा गरेर उनको ठाउँमा ओमप्रकाश खनाललाई खटाइएको छ ।