Sagun Khabar
सुदूरपश्चिममा आइतबार सार्वजनिक बिदा 

बैतडी–सुदूरपश्चिममा भोलि (आइतबार) सार्वजनिक बिदा दिइएको छ । 

प्रदेश सरकारले ओल्के पर्वको अवसरमा प्रदेशभरी आइतबार सार्वजनिक बिदा दिएको प्रदेश राजपत्रमा उल्लेख गरिएको छ । 

सुदूरपश्चिमका पहाडी समुदायले भदौ १ गतेलाई ओल्के पर्वको रुपमा मनाउँदै आएका छन् । यो पर्वलाई जेठो पर्वको रुपमा मनाउने गरिएको छ । ओल्के पर्वपछि अरु चाडपर्व शुरु हुने गर्दछन् । 
 

प्रकाशित मिति: शनिबार, साउन ३१, २०८२  १३:३०
प्रतिक्रिया दिनुहोस्
Weather Update