Sagun Khabar
बैतडीको जगन्नाथ सहकारीकी व्यवस्थापक ठगुन्ना उत्कृष्ट व्यवस्थापकको रुपमा सम्मानित 

बैतडी–बैतडीको जगन्नाथ महिला बचत तथा ऋण सहकारी संस्थाकी व्यवस्थापक दुर्गा ठगुन्नालाई उत्कृष्ट व्यवस्थापकको रुपमा सम्मानित गरिएको छ । 

नेपाल बचत तथा ऋण सहकारी संघ (नेफ्स्कून)को ३८ औं बार्षिकोत्सवको अवसरमा ठगुन्नालाई सुदूरपश्चिमकै उत्कृष्ट व्यवस्थापकको रुपमा नगदसहित सम्मान गरिएको हो । 

शनिबार काठमाण्डौंमा आयोजित कार्यक्रममा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारी र नेफ्स्कून अध्यक्ष चन्द्रप्रसाद ढकालले ठगुन्नालाई पुरस्कारसहित सम्मान गरेका हुन् । 

नेफ्स्कूनले आफ्नो बार्षिकोत्सवको अवसरमा सातओटै प्रदेशका एक÷एक जना उत्कृष्ट व्यवस्थापकहरुलाई सम्मान गरेको हो । 

सुदूरपश्चिमका सहकारी संस्थामा कार्यरत व्यवस्थापकमध्ये उत्कृष्ट व्यवस्थापकको रुपमा सम्मानित हुन पाउँदा निकै खुशी लागेको ठगुन्नाले बताइन् । गएको १५ बर्षदेखि सहकारी क्षेत्रमा क्रियाशील ठगुन्नाले अबका दिन थप सक्रियताका साथ काममा लाग्ने बताइन् । 

महिलाहरुको नेतृत्वमा स्थापना भएको जगन्नाथ महिला बचत तथा ऋण सहकारी संस्थामा अहिले १ हजार ५४ जना शेयर सदस्य आवद्ध भएका छन् । सहकारी संस्थाको कुल सम्पत्ति ३ करोड ७५ लाख रुपैयाँ रहेको व्यवस्थापक ठगुन्नाले बताइन् । 


 

प्रकाशित मिति: आइतबार, भदौ १, २०८२  ०८:११
प्रतिक्रिया दिनुहोस्
Weather Update