Sagun Khabar
बैतडीमा एक जना अनमी मृत फेला 

बैतडी–बैतडीमा एक जना अनमी मृत फेला परेकी छन् । 

जिल्लाको पुर्चौंडी नगरपालिका–१० स्थित विजयपुर स्वास्थ्यचौकीमा कार्यरत अन्दाजी २४ बर्षीया अनमी भागरथी कुँवर मृत फेला परेकी हुन् । 

पुर्चौंडी नगरपालिका–१० विजयपुरमै घर भएकी कुँवर घरबाट स्वास्थ्यचौकी टाढा भएकाले कोठा भाडामा लिएर बस्दै आएकी थिइन् । आफ्नै बस्ने कोठामा आइतबार राति ८ बजेतिर  कुँवर झुण्डिएको अवस्थामा फेला परेकी हुन् ।  
मृतक कुँवरका श्रीमान नेपाली सेनाको स्वास्थ्य प्राविधिक क्षेत्रमामा कार्यरत रहेको बताइएको छ । उनी गत वैशाखमा मात्रै विवाहबन्धनमा बाँधिएकी विजयपुर स्वास्थ्यचौकीका प्रमुख रामबहादुर महराले बताए । 

आफ्नै कोठामा अनमी झुण्डिएको अवस्थामा फेला परेपछि इलाका प्रहरी कार्यालय पाटनबाट प्रहरी निरीक्षक राजेन्द्र साउँद नेतृत्वको प्रहरी टोली घटनास्थलतर्फ खटिएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता, प्रहरी निरीक्षक बलराम पाण्डेयले बताए । 

घटनाका बिषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । 
 

प्रकाशित मिति: सोमबार, भदौ २, २०८२  ०९:४९
प्रतिक्रिया दिनुहोस्
Weather Update