डडेल्धुरामा सुनचाँदी पसलभित्र लागू औषध सेवन गरिरहेका दुई जना पक्राउ

डडेल्धुरा –डडेल्धुरामा सुनचाँदी पसलभित्र लागू औषध सेवन गरिरहेका दुई जना पक्राउ परेका छन् ।
डडेल्धुराको अमरगढी नगरपालिका–५ बागबजारस्थित भैरव नवदुर्गा सुनचाँदी पसलभित्र लागूऔषध सेवन गरिरहेको अवस्थामा उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो ।
गोप्य सूचनाका आधारमा प्रहरीले सोमबार बेलुकी चेकजाँच गर्दा पसल सञ्चालक नवदुर्गा गाउँपालिका–१ का २४ बर्षीय सागर सिजापति र सोही ठाउँका २१ बर्षीय डार्बिन रावललाई नियन्त्रणमा लिएको हो ।
उनीहरूको साथबाट करिब ९० मिलिग्राम खैरो हिरोइन फेला परेको प्रहरीले जनाएको छ । पक्राउ परेकालाई आवश्यक अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय डडेल्धुराले नियन्त्रणमा राखेको जनाएको छ ।
प्रकाशित मिति: मंगलबार, भदौ ३, २०८२ ०९:५०
प्रतिक्रिया दिनुहोस्