Sagun Khabar
बैतडीको झाड्बोमा देउडा प्रतियोगिता हुने 
फाइल फोटो

बैतडी –बैतडीको सुर्नया गाउँपालिका–७ झाड्बोमा देउडा प्रतियोगिता हुने भएको छ । 

गौरा पर्वको अवसर पारेर यही भदौ १५ गतेदेखि कैलपाल युवा क्लबको आयोजना देउडा प्रतियोगिता सञ्चालन गर्ने तयारी भएको हो । देउडा प्रतियोगितालाई भव्यताका साथ सम्पन्न गर्न देउडा प्रतियोगिता व्यवस्थापन समिति गठन गरिएको छ । 

जनक महराको अध्यक्षतामा गठन भएको देउडा प्रतियोगिता व्यवस्थापन समितिको उपाध्यक्षमा शेरसिंह महरा, सचिवमा देवबहादुर महरा, सहसचिवमा हर्कबहादुर महरा, कोषाध्यक्षमा भीमबहादुर महरा, सहकोषाध्यक्षमा बीरभान मडै लगायत अन्य सदस्यहरु रहेका छन् । 

झाड्बोस्थित गौरा खालामा सञ्चालन हुने प्रतियोगितामा सहभागिताका लागि सबै देउडीयाहरुलाई आग्रह गरिएको देउडा व्यवस्थापन समितिका कोषाध्यक्ष भीमबहादुर महराले बताए । 

प्रतियोगितामा प्रथम हुनेलाई १० हजार, दोश्रो हुनेलाई ८ हजार, तेश्रो हुनेलाई ५ हजार र सान्त्वना स्थान प्राप्त गर्नेलाई ३ हजार पुरस्कार सहित सम्मान गरिने महराले बताए । 

स्थानीय कला र संस्कृतिको संरक्षणमा युवाहरुको सहभागिता बढाउन कैलपाल यु्वा क्लबले देउडा प्रतियोगिता सञ्चालनको तयारी गरेको देउडा व्यवस्थापन समितिका अध्यक्ष जनक महराले बताए । 
 

प्रकाशित मिति: मंगलबार, भदौ ३, २०८२  १०:१४
प्रतिक्रिया दिनुहोस्
Weather Update