
बैतडी– जिल्ला प्रहरी कार्यालय बैतडीका प्रमुख, प्रहरी नायव उपरीक्षक मकेन्द्रकुमार मिश्रको बैतडीबाट बिदाइ गरिएको छ ।
मिश्रको बैतडीबाट नेपाल प्रहरी प्रदेश कार्यालय, मानव श्रोत व्यवस्थापन शाखा वीरगञ्ज,पर्सामा सरुवा भएपछि आज एक कार्यक्रमकाबीच बिदाइ गरिएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता, प्रहरी निरीक्षक बलराम पाण्डेयले जानकारी दिए ।
गत साउन २७ गते प्रहरी प्रधान कार्यालयले उनको सरुवा गरेपछि आज उनको बिदाइ गरिएको हो । गएको बर्ष असोज १४ गते जिल्ला प्रहरी कार्यालय बैतडीको प्रमुख भएर आएका मिश्रको झण्डै एक बर्षपछि सरुवा भएको हो । बैतडीको बसाइ निकै सुखद रहेको उनले बताए ।
मिश्रको ठाउँमा बैतडीमा दिपककुमार रायलाई पठाइएको छ । रायलाई जिल्ला प्रहरी कार्यालय रौतहटबाट सरुवा गरिएको हो । केही दिनपछि राय जिल्ला प्रहरी कार्यालयमा हाजिर हुने प्रहरी निरीक्षक पाण्डेयले बताए ।