Sagun Khabar
बैतडीको डिलाशैनीका एक युवक बेपत्ता 

बैतडी –बैतडीको डिलाशैनीका एक युवक बेपत्ता भएका छन् । 

डिलाशैनी गाउँपालिका वडा नं १ कोटपेटरा बस्ने ३० बर्षीय नरेश बोहरा गएको साउन ३१ गते शनिबारदेखि बेपत्ता रहेका उनका दाजु सुरेन्द्र  बोहराले बताए । 

घरबाट काममा निस्केका बोहरा त्यसपछि घर नफर्किएका उनले बताए । कालो लेदरको जकेट र हाफ पाइन्ट लगाएका बोहरालाई कसैले फेला पारेमा नजिकको प्रहरीचौकीमा खबर गरिदिन उनका आफन्तले आग्रह गरेका छन् । 
हराइरहेका बोहरालाई कसैले फेला पारेमा ९८५१३५४६६६ र ९८५१२२२२१३ मा खबर गरिदिन आग्रह गरिएको छ । 

बोहरा बेपत्ता भएको एक हप्ता बितिसक्दा समेत सम्पर्कमा नआएपछि परिवारजनमा चिन्ता थपिएको छ । 

प्रकाशित मिति: शनिबार, भदौ ७, २०८२  ०८:२७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update