Sagun Khabar
दशरथचन्द माविमा शैक्षिक प्रर्दशनी र तीज बिशेष कार्यक्रम सम्पन्न 

बैतडी –बैतडीको दशरथचन्द नगरपालिका–५ स्थित दशरथचन्द मावि सुन्दरखालीले शैक्षिक प्रर्दशनी र तीज बिशेष कार्यक्रम सम्पन्न गरेको छ । 

सोमबार विद्यालयमा कार्यक्रमको आयोजना गरिएको विद्यालयका प्रधानाध्यापक नरेन्द्रबहादुर चन्दले बताए । 

हरितालिका तीजको अवसरमा शैक्षिक प्रर्दशनी र तीज बिशेष सांस्कृतिक कार्यक्रम सञ्चालन गरिएको उनले बताए । 

दशरथचन्द नगरपालिकाका उपप्रमुख कौशिला चन्दको उपस्थितीमा शैक्षिक प्रर्दशनी र तीज बिशेष कार्यक्रम सम्पन्न गरिएको प्रधानाध्यापक चन्दले बताए । 

शैक्षिक प्रर्दशनीमा विद्यार्थीहरुले प्रयोगात्मक कक्षा अन्तर्गत निर्माण गरेका विभिन्न सामग्रीहरुको प्रर्दशनी गरिएको थियो । 

विद्यार्थीहरुले प्रयोगात्मक कक्षा अन्तर्गत बनाएका शैक्षिक सामग्रीहरुको प्रर्दशनीले विद्यार्थीहरुको बाह्य क्षमताको विकासमा सहयोग पुर्याउने नगर उपप्रमुख चन्दले बताइन् । 

विद्यालय व्यवस्थापन समितिकी अध्यक्ष पार्वती चन्दको अध्यक्षतामा भएको कार्यक्रम नगर उपप्रमुख कौशिला चन्द प्रमुख अतिथी रहेका थिइन् । उक्त कार्यक्रममा दशरथचन्द नगरपालिका वडा नं ५ की वडा सदस्य नन्दा भट्ट,शिक्षक, विद्यार्थी, अभिभावक लगायतको उपस्थिती रहेको थियो । 

विद्यालयले हरेक बर्ष शैक्षिक प्रर्दशनी कार्यक्रम राख्दै आएको र यो बर्ष हरितालिका तीजको अवसर पारेर संयुक्त कार्यक्रमको आयोजना गरेको विद्यालय व्यवस्थापन समिति अध्यक्ष पार्वती चन्दले बताइन् । 

आफ्ना बालबालिकाहरुले गरेका सिर्जनात्मक कार्यको बारेमा अभिभावकहरुलाई जानकारी गराउने र अभिभावकहरुबीच अन्तरक्रिया गर्ने उद्देश्यसहित शैक्षिक प्रर्दशनी र तीज बिशेष कार्यक्रम सञ्चालन गरिएको उनले बताइन् ।
शैक्षिक प्रर्दशनीमा विद्यार्थीहरुले निर्माण गरेका सामग्रीहरु राखिएका थिए ।  
 

प्रकाशित मिति: मंगलबार, भदौ १०, २०८२  ०७:००
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update