Sagun Khabar
बैतडीको सिगासकी अनमी जानकी पुजारा उत्कृष्ट नर्स अवार्डबाट सम्मानित

बैतडी -  बैतडीको सिगास गाउँपालिका–४, कान्धार स्थित आधारभूत स्वास्थ्य केन्द्रमा कार्यरत अनमी जानकी पुजारा उत्कृष्ट नर्स अवार्डबाट सम्मानित भएकी छन् ।

स्वास्थ्य खबरपत्रिकाको १६ औं वार्षिकोत्सवका अवसरमा काठमाडौंमा आयोजित १३ औं संस्करणको हेल्थ अवार्ड कार्यक्रममा उनलाई यो सम्मान प्रदान गरिएको हो ।

पुजारा उपकरण बिनै लगातार ६ घण्टा मुखबाट कृत्रिम सास दिँदै नवजात शिशुको ज्यान बचाएको घटनापछि देशभर चर्चामा आएकी थिइन । दुर्गम क्षेत्रमा सेवाभाव, साहस र मानवताको प्रतिकका रुपमा उनले गरेको कामकै कदर स्वरूप यो अवार्ड प्रदान गरिएको हो । हिजो सोमबार आयोजित अवार्ड कार्यक्रममा विभिन्न ९ विधामा अवार्ड प्रदान गरिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसँगको समन्वयनमा स्वास्थ्यखबर फाउन्डेसनले आयोजना गरेको स्वास्थ्य खबर हेल्थ अवार्ड चिकित्सक, नर्स, स्वास्थ्यकर्मी, अभियान्ता र स्वास्थ्य संस्थालाई प्रदान गरिएको हो ।
 

प्रकाशित मिति: मंगलबार, भदौ १७, २०८२  १८:५४
प्रतिक्रिया दिनुहोस्
Weather Update