चोरी मुद्दामा फरार डडेल्धुराका एक जना पक्राउ

डडेल्धुरा –चोरी मुद्दामा फरार डडेल्धुराका एक जना पक्राउ परेका छन् ।
जिल्ला अदालत डडेल्धुराको फैसलाले चोरी मुद्दामा ९ दिन कैद सजाय र ७ हजार ५ सय रुपैयाँ जरिवाना तोकिएको गन्यापधुरा गाउँपपालिका–१ बस्ने २५ बर्षीय रोशन दमाइ पक्राउ परेका हुन् ।
दमाईलाई जिल्ला प्रहरी कार्यालय डडेल्धुराबाट खटिएको प्रहरी टोलीले शुक्रवार उनकै घरबाट पक्राउ गरेको जनाएको छ ।
प्रकाशित मिति: शनिबार, भदौ २१, २०८२ ०९:०२
प्रतिक्रिया दिनुहोस्