Sagun Khabar
बैतडीमा भतिजाले बञ्चरो प्रहार गरी काकीको हत्या गरे 

बैतडी–बैतडीमा एक जनाले बञ्चरो प्रहार गरेर आफ्नै काकीको हत्या गरेका छन् । 

जिल्लाको सिगास गाउँपालिका–२ पेडेगोदाका ३० बर्षीय यज्ञसिंह धामीले आफ्नै काकी अन्दाजी ३४ बर्षीय बेलमती धामीको हत्या गरेका जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता, प्रहरी निरीक्षक बलराम पाण्डेयले जानकारी दिए । 

आइतबार राति करीब साढे ११ बजेको समयमा बेलमती सुतिरहेको अवस्थामा यज्ञले बञ्चरो प्रहार गरेर हत्या गरेको प्रहरी निरीक्षक पाण्डेयले जानकारी दिए । 

मृतक धामीको शव पोष्टमार्टमका लागि डडेल्धुरा अस्पताल पठाइएको छ भने हत्यामा संलग्न यज्ञसिंह धामीलाई प्रहरीले गएराति नै नियन्त्रणमा लिएको बताइएको छ । 

घटनाका बिषयमा अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय पाटनका प्रहरी निरीक्षक राजेन्द्र साउँद नेतृत्व टोली खटिएको र घटनाका बिषयमा थप अनुसन्धान भइरहेको प्रहरी निरीक्षक पाण्डेयले बताए । 

यज्ञले आफ्नै काकीको हत्या गर्नुको कारण भने खुलीसकेको छैन् । एकल महिला समेत रहेकी मृतक बेलमती धामीका ४ छोरी र एक छोरा रहेका छन् । 

भतिजाले बञ्चरो प्रहार गरेर काकीको हत्या गरेपछि अहिले गाउँमा त्रास फैलिएको छ । 
 

प्रकाशित मिति: सोमबार, भदौ २३, २०८२  ०९:२६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update