बैतडीका विद्यालयमा शोक बिदा

बैतडी–जेनजी पुस्ताको प्रदर्शनका क्रममा प्रहरीको गोली लागेर १९ जना युवाको मृत्यु भएपछि बैतडीका विद्यालयहरुले आज शोक बिदा दिएका छन् ।
जिल्लाका विद्यालयहरुले शोक वक्तव्य जारी गर्दै देशका विभिन्न भागमा भएका आन्दोलनका क्रममा विद्यार्थीहरुले ज्यान गुमाउनुपर्ने अवस्था आएको भन्दै चिन्ता व्यक्त गरेका छन् । आन्दोलनका क्रममा विद्यार्थीहरुको ज्यान जानु निकै दुखद पक्ष भएको विद्यालयहरुले जनाएका छन् ।
जेनजी पुस्ताको आन्दोलनका क्रममा ज्यान गुमाएकाहरुको शोकमा आज विद्यालयमा शोक बिदा रहेको विद्यालयहरुले सूचना प्रकाशन गरेर जानकारी गराएका छन् ।
प्रकाशित मिति: मंगलबार, भदौ २४, २०८२ ०९:३७
प्रतिक्रिया दिनुहोस्