Sagun Khabar
बैतडीमा पनि जेनजी पुस्ताको प्रदर्शन 

बैतडी–बैतडीमा पनि जेनजी पुस्ताले प्रदर्शन गरेका छन् । 

जेनजी पुस्ताले गरेको आन्दोलनमा सरकारले गरेको दमनको विरोध गर्दै युवा विद्यार्थीहरु स्वस्फूर्त रुपमा प्रदर्शनमा उत्रेका हुन् । उनीहरुले प्रधानमन्त्रीले तत्काल राजीनामा दिनुपर्ने माग गरेका छन् । 

विद्यार्थी मार्न पाइँदैन,भ्रष्टाचारी सरकार चाँहिदैन जस्ता नाराहरु लगाएर जेनजी पुस्ताले सदरमुकाममा प्रदर्शन गरेका हुन् । जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालय अगाडी पुगेर प्रर्दशनकारीहरुले नाराबाजी गरेका हुन् । 
जेनजी पुस्ताको आन्दोलनलाई शान्तिपूर्ण बनाउने र माग पूरा नहुँदा सम्म आन्दोलन जारी रहने प्रदर्शनकारीहरुले बताएका छन् । 

यस्तै जिल्लाको पाटन,सतबाँझ, मुस्याचोर,देहीमाण्डौं, सिल्लेगडा लगायतका क्षेत्रमा समेत जेनजी पुस्ताले प्रदर्शन गरेको छ । सरकारले दमन गर्दै १९ जनाको हत्या गरेको भन्दै जेनजी पुस्ता आक्रोशित भएको छ । 

दशरथचन्द नगरपालिका–१ मुस्याचोरमा सडकमा टायर बालेर प्रर्दशन गरिएको हो । जेनजी पुस्ताको आन्दोलन देशभर थप चर्किँदै गएको छ । 
 

प्रकाशित मिति: मंगलबार, भदौ २४, २०८२  १२:०६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update