
बैतडी- स्वर्गीय हिमालयप्रसाद अवस्थी स्मृति गरीब तथा जेहेन्दार छात्रवृति यो बर्ष ३० जना छात्रछात्राहरुलाई वितरण गरिएको छ । बैतडीको सुर्नया गाउँपालिका ६ स्थित संकर सस्कृत माबि मुलखटालीमा अध्यानरत गरीब तथा जेहेन्दार विद्यार्थीहरुलाई उक्त छात्रवृति प्रदान गरिएको स्वर्गीय हिमालयप्रसाद अवस्थीका बुवा नारद अवस्थीले बताए ।
सोमबार सम्पन्न भएको संकर सस्कृत माबि मुलखटालीको ७३औँ बार्षिकोत्सबको अबसरमा कक्षा १ देखि १० सम्मका छात्रछात्राहरुमध्ये प्रथम द्धितिय र त्रितिय भएका ३० जनालाइ छात्रवृति प्रदान गरिएको अवस्थीले बताए । स्वर्गीय अवस्थीको स्मृतिमा १ लाख ११ हजार १११ रुपैयाको अक्षयकोष स्थापना गरिएको र सोही कोषबाट प्राप्त हुने ब्याजबाट प्रत्येक बर्ष छात्रवृति दिने गरिएको उनले बताए ।
यो बर्ष हिमालयप्रसाद अवस्थीको १० औं बार्षिक पूण्यतिथीको अवसरमा छात्रवृति प्रदान गरिएकोे हो । बैतडीको सुर्नया गाउँपालिका ६ कोखेत घर भएका हिमालयप्रसाद अवस्थीको अध्ययनकै सिलसिलामा कलिलो उमेरमा निधन भएको थियो ।