Sagun Khabar
डडेल्धुरा कारागारबाट भागेका ६ जना कैदी बैतडीबाट पक्राउ

बैतडी-  बैतडीबाट छ कैदी समातिएका  छन् । डडेल्धुरा कारागारबाट भागेका छ कैदीलाई संयुक्त सुरक्षा टोलीले जिल्लाको पाटन नगरपालिका–१ सकारबाट उनीहरुलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक दीपककुमार रायले बताए । 

भारततर्फ भागिरहेका भन्ने सूचनाका आधारमा संयुक्त सुरक्षा टोलीले उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा डोटी र अछाम घर भएका दुई÷दुई र दार्चुला तथा बैतडी घर घएका एक÷एक जना रहेका छन् । उनीहरु कर्तव्य ज्यान मुद्दा, जबर्जस्तीकरणी र चोरीसम्बन्धी मुद्दामा दोषी ठहर हुँदै जेल चलान भएका बताइएको छ ।

‘जेनजी’को प्रदर्शनका कारण बुधबार बिहानै डडेल्धुरा कारागार तोडफोड गरेर कैदीबन्दी फरार भएका थिए । पक्राउ परेका सबैलाई डडेल्धुरा प्रहरीको जिम्मा  लगाइसकेको रायले बताए । कारागारबाट कैदी भागेपछि संयुक्त सुरक्षा टोलीले उनीहरुलाई खोज्न ‘अप्रेसन’ चलाएको  प्रमुख प्रहरी नायब उपरीक्षक दीपककुमार रायले बताए ।

प्रकाशित मिति: बिहीबार, भदौ २६, २०८२  १५:५४
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update