Sagun Khabar
बैतडी अस्पतालमा मानसिक स्वास्थ्य शिविर सञ्चालन हुने 

बैतडी –जिल्ला अस्पताल बैतडीमा निशुल्क मानसिक स्वास्थ्य शिविर सञ्चालन हुने भएको छ । 

यही असोज ४ गते शनिबारका दिन शिविर सञ्चालन हुने जिल्ला अस्पताल बैतडीका प्रमुख डा. सुशील विकले जानकारी दिए । 

सीएमसी नेपालको आयोजना र जिल्ला अस्पतालको प्राविधिक सहयोगमा शिविर सञ्चालनको तयारी गरिएको डा. विकले बताए । 

मानसिक स्वास्थ्यका बिरामीहरुलाई मध्यनजर गरेर शिविर सञ्चालन गरिन लागेको जिल्ला अस्पताल बैतडीका सूचना अधिकारी हरिश पन्तले जानकारी दिए । शिविरमा मनोरोग बिशेषज्ञ डा.विवेक रेग्मीले सेवा दिने जनाइएको छ । 

शिविरमा डिप्रेशन, एन्जाइटी, निद्रा नलाग्ने, मन आत्तिने लगायतका मानसिक रोगहरुको चेकजाँच तथा उपचार हुने भएकाले शिविरमा आएर सेवा लिनका लागि आग्रह गरिएको छ ।

शिविरमा बिरामीको चेकजाँच निशुल्क गरिनुका साथै नेपाल सरकारबाट प्रदान हुने औषधिहरु निशुल्क उपलब्ध गराइने अस्पतालका प्रमुख डा. विकले जानकारी दिए । मानसिक समस्या जनस्वास्थ्यको विकराल समस्याको रुपमा देखा परेकाले मानसिक स्वास्थ्य शिविर हरेक महिना सञ्चालन गर्ने योजना रहेको उनले बताए ।  
 

प्रकाशित मिति: बुधबार, असोज १, २०८२  १२:४३
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update