Sagun Khabar
बैतडीको सलसेनामा फेरि पहिरो, महाकाली लोकमार्ग अवरुद्ध 

बैतडी –बैतडीको सलसेनामा पहिरो खस्दा महाकाली लोकमार्ग फेरि अवरुद्ध भएको छ । 

बैतडीको दोगडाकेदार गाउँपालिका–५ सलसेनामा गएराति पहिरो खसेपछि लोकमार्ग अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी निरीक्षक बल्देव बडूले बताए । सडकमाथिबाट पहिरो खसेपछि सवारी साधन बीचबाटोमै रोकिएका छन् । 

तराईबाट दार्चुलाका लागि छुटेका गाडीहरु र दार्चुलाबाट तराईका लागि छुटेका गाडीहरु अहिले बीचबाटोमै रोकिएका प्रहरी निरीक्षक बडूले बताए । 

सडकमा खसेको पहिरो पन्छ्याउनका लागि मालिकार्जुनबाट जेसीबी ल्याउने तयारी भइरहेको उनले बताए । 

यसअघि मंगलबार बिहान उक्त ठाउँमा पहिरो खस्दा सडक अवरुद्ध भएको थियो । मंगलबार ११ घण्टापछि राति ८ बजेमात्रै उक्त सडक सञ्चालनमा आएको थियो । बर्षाका कारण सडकमाथिबाट लगातार पहिरो खसीरहेको बताइएको छ । 
 

प्रकाशित मिति: बिहीबार, असोज २, २०८२  ०७:१८
प्रतिक्रिया दिनुहोस्
Weather Update