Sagun Khabar
पहिरो खसेपछि बैतडीको सिल्लेगडा–कालागाउँ –पुर्चौैंडी सडक अवरुद्ध 

बैतडी–लगातारको बर्षाले पहिरो खसेपछि सिल्लेगडा–कालागाउँ–पुर्चौंडी सडक अवरुद्ध भएको छ । 

उक्त सडकखण्ड अन्तर्गत दोगडाकेदार गाउँपालिका–२ को डाँडाइजर भन्ने ठाउँमा ठूलो पहिरो खसेको स्थानीय सुरेश बिष्टले जानकारी दिए । गएको मंगलबार पहिरो खसेको र लगातारको बर्षाले पहिरो खस्ने क्रम जारी रहेको उनले बताए । 

उक्त सडकमा पहिरो खसेपछि हिँडडुलमा समेत समस्या भएको छ । पहिरोका कारण एक किलोमिटर उकालो हिँडेर पैदल यात्रा गर्नुपरिरहेको उनले बताए । पहिरोका कारण पैदलयात्रीलाई समेत आवतजावतमा समस्या भएको छ । उक्त सडक भएर आवतजावत गर्न निकै जोखिम रहेको बिष्टले बताए । 

सडकमा खसेको पहिरो पन्छ्याउनका लागि सम्बन्धित निकायलाई स्थानीयहरुले आग्रह गरेका छन् । सडक अवरुद्ध हुँदा सवारी साधन पूर्ण रुपमा बन्द हुनुका साथै पैदल हिड्न समेत समस्या भएकाले पहिरो पन्छ्याउन स्थानीयहरुले माग गरेका हुन् । 

सडकमा पहिरो खसेको तीनदिन भइसक्दा समेत कतैबाट पहिरो पन्छ्याउनका लागि पहल नभएको स्थानीयहरुको भनाइ रहेको छ । 
 

प्रकाशित मिति: बिहीबार, असोज २, २०८२  ०८:२४
प्रतिक्रिया दिनुहोस्
Weather Update