Sagun Khabar
पहिरोले अवरुद्ध महाकाली लोकमार्ग सुचारु 
फाइल फोटो

बैतडी –बैतडीको सलसेनामा पहिरो खस्दा अवरुद्ध भएको महाकाली लोकमार्ग सुचारु भएको छ ।  

बैतडीको दोगडाकेदार गाउँपालिका–५ सलसेनामा गएराति पहिरो खसेपछि लोकमार्ग अवरुद्ध भएको थियो । सडकमा खसेको पहिरो जेसीबीले पन्छ्याएपछि आज बिहान साढे ९ बजेतिर लोकमार्ग सुचारु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक बल्देव बडूले बताए । 

लोकमार्ग सुचारु भएसंगै हिजो रातिदेखि रोकिएका गाडीहरु गन्तव्यतर्फ लागेका छन् । 

उक्त ठाउँमा पहिरोको जोखिम भने कायमै रहेको बताइएको छ । 

यसअघि मंगलबार पनि उक्त ठाउँमा पहिरो खस्दा सडक अवरुद्ध भएको थियो 
 

प्रकाशित मिति: बिहीबार, असोज २, २०८२  १०:२६
प्रतिक्रिया दिनुहोस्
Weather Update