पुर्चौंडी नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी कुँवरलाई

बैतडी –बैतडीको पुर्चौंडी नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी नगरपालिकामा कार्यरत सातौं अधिकृत विनोदकुमार कुँवरलाई दिइएको छ ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले कुँवरलाई प्रथम त्रैमासिक अवधिको लागि आर्थिक तथा प्रशासनिक कामको जिम्मेवारी तोकेको हो ।
मन्त्रालयले गरेको पत्राचार अनुसार कुँवरले प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी सम्हालेका छन् । यसअघि पनि उनले नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत भएर काम गरिसकेका छन् ।
नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत जगदीश जोशीको सरुवा भएको र नयाँ खटाएका अधिकृत पनि नगरपालिकामा नआएकाले मन्त्रालयले नगरपालिकाको पत्र अनुसार कुँवरलाई प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी दिएको जनाएको छ ।
प्रकाशित मिति: शनिबार, असोज ४, २०८२ ०९:३४
प्रतिक्रिया दिनुहोस्