
बैतडी–चाडपर्वलाई लक्षित गरेर बैतडीमा प्रहरीले यात्रु सहायता कक्ष सञ्चालनमा ल्याएको छ । जिल्लाका विभिन्न स्थानमा आजदेखि यात्रु सहायता कक्ष सञ्चालनमा आएका जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता, प्रहरी निरीक्षक बल्देव बडूले बताए ।
चाडपर्वको समयमा सवारी दुर्घटना न्यूनीकरण गर्न,यात्रुहरुलाई गन्तव्य सम्म पुर्याउन सहयोग गर्ने लगायतका उद्देश्य राखेर जिल्लाका विभिन्न स्थानमा यात्रु सहायता कक्ष सञ्चालनमा ल्याइएको प्रहरी निरीक्षक बडूले बताए ।
जिल्लाको झुलाघाट, गोठलापानी, देहीमाण्डौं, सतबाँझ, खोचलेक, गोकुलेश्वर र सिमारमा यात्रु सहायता कक्ष सञ्चालनमा ल्याइएको छ । यस्तै पाटन, खोड्पे, श्रीभावर र मेलौलीमा पनि यात्रु सहायता कक्ष सञ्चालनमा ल्याइएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।
चाडपर्वको समयमा यात्रुहरुको सहजीकरणका लागि यात्रु सहायता कक्ष सञ्चालनमा ल्याइएका जिल्ला प्रहरी कार्यालयका प्रमुख, प्रहरी नायब उपरीक्षक दिपककुमार रायले बताए । यात्रु सहायता कक्ष तिहारसम्म सञ्चालनमा रहने जनाइएको छ ।
यात्राको क्रममा कुनै समस्या आएमा नजिकको यात्रु सहायता कक्षमा सम्पर्क राख्न समेत प्रहरीले आग्रह गरेको छ ।
चाडपर्वको समयमा तोकिएको भन्दा बढी भाडा लिने, क्षमता भन्दा बढी यात्रु बोक्ने लगायतका समस्या देखिने भएकाले यस्ता कार्यहरुको नियन्त्रणका लागि यात्रु सहायता कक्षमार्फत काम हुने जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।