Sagun Khabar
बैतडीमा जात्रा हेरी घर फर्कीदै गरेकी महिलालाई बसले ठक्कर  दिँदा घटनास्थलमै  मृत्यु

बैतडी-  बैतडीमा बसको ठक्कर बाट एक महिलाको मृत्यु भएको छ ।

मृत्युहुनेमा दशरथचन्द नगरपालिका वडा न १ दउनेबाज बस्ने जन्दाजी ३०–३२ बर्षिय भागरथी लुहार रहेको जिल्ला प्रहरी कार्यालय बैतडीले बताए ।

दशरथचन्द राजमार्ग अन्तरर्गत बैतडीको दशरथचन्द नगरपालिका वडा न १ गुरुखोला विद्यालय गेट नजीक महाकाली यातायातको सु प प्र ०२००१ ख १०१७ नम्बरको बसले ठक्कर दिएको जिल्ला प्रहरी कार्यालय बैतडीले जानकारी दिए ।

देहिमाण्डौ मेला हेरी घर फर्कीदै गरेकी लुहारलाइ  सतबाँज बाट देहिमाण्डौ जादै गरेको बसले ठक्कर दिएको हो ।

बसलाइ प्रहरीले नियन्त्रणमा लिएको छ भने चालक फरार रहेको प्रहरीले बताए । घटनाका विषयमा थप अनुसन्धान भइरहेको जनाइएको छ । । 

प्रकाशित मिति: मंगलबार, असोज १४, २०८२  १७:५८
प्रतिक्रिया दिनुहोस्
Weather Update