बैतडीको पाटनमा भ्यान दुर्घटना,३ जना घाइते

बैतडी - बैतडीको पाटनमा भ्यान दुर्घटना भएको छ । जिल्लाको पाटन नगरपालिका वडा न ६ स्थीत गँगो मोडमा बुधबार बिहान सु प प्र ०१००१ च ४१२८ नम्बरको भ्यान दुर्घटना भएको हो । दुर्घटनामा परि ३ जना घाइते भएका छन् ।
घाईते हुनेमा पाटन ४ का चालक ४२ वर्षीय मानध्वोज भट्ट,३८ वर्षीय रमेश भट्ट र ६५ वर्षीय जयराज भट्ट रहेका जिल्ला प्रहरी कार्यालय बैतडीका प्रबक्ता प्रहरी निरीक्षक बलराम पाण्डेयले बताए ।
घाइते तिनै जनालाई डडेल्धुरा अस्पताल पठाइसकेको बताइएको छ । खोल्सी बाट पाटन जादै गरेको भ्यान भित्री कच्चि सडकखण्ड अन्र्तगत गँगो मोडमा दुर्घटनामा परेको हो ।
भ्यान सडक बाट करीब ८० मिटर तल खसेको छ भने दुर्घटनाको कारण खुलेको छैन । थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।
प्रकाशित मिति: बुधबार, असोज १५, २०८२ १२:०९
प्रतिक्रिया दिनुहोस्