बैतडीको पुर्चौडी नगरपालिकाका प्रमुख बमलाई पुत्र शोक

बैतडी- बैतडीको पुर्चौडी नगरपालिकाका नगरप्रमुख दिपक बहादुर बमलाई पुत्र सोक परेको छ । नगरप्रमुख बमका कान्छा छोरा प्रान्जल बमको स्कुटर दुर्घटनामापरि मृत्यु भएको छ ।
गयराती धनगढी उपमहानगरपालिका–१३ धनगढी र गोदावरीको सिमाना स्थित बैतडीको पुर्चौडी नगरपालिका–८ बस्ने २४ वर्षीय प्रान्जल बमले चलाएको सुदूरपश्चिम प्रदेश ०१–०११ प ४४७३ नम्बरको स्कुटर आफै अनियन्त्रित भई पल्टिदा बमको मृत्यु भएको हो ।
घाइते भएका बमलाई उपचारको लागि मायामेट्रो अस्पताल धनगढी लगिएकोमा चिकित्सकले चेकजाँच गर्दा मृत्यु भएको घोषणा गरेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । स्कुटी पछाडि सवार २६ वर्षका सरोज बम घाइते भएका छन् । उनको उपचार भइरहेको प्रहरीले जनाएको छ।
प्रकाशित मिति: बुधबार, असोज १५, २०८२ १६:१२
प्रतिक्रिया दिनुहोस्