Sagun Khabar
बैतडीको प्रसिद्ध उदयदेव मन्दिरमा २८ राङ्गा र २० वटा बोकाको बलि

बैतडी - बैतडीको पाटनस्थित प्रसिद्ध उदयदेव मन्दिरमा बुधबार राङ्गा र बोकाको बलि सहित जात्रा सम्पन्न भएको छ  ।बुधबार सम्पन्न भएको जात्रामा २८ वटा राङ्गा र २० वटा बोकाको बलि दिइएको सिद्धनाथ उदयदेव धार्मिक क्षेत्र विकास समितीका कार्यवाहक अध्यक्ष चमन भण्डारीले बताए । 

जिल्लाको  पाटन नगरपालिका वडा नं  ६ स्थित उदयदेव मन्दिरमा महाष्टिमी र महानवमिका दिन बलि सहित जात्रा हुने गर्दछ । महाअष्टमी देखि सुरु भएको  जात्रा महानवमीका दिन पशुबलि सहित सम्पन हुने कार्यबाहक अध्यक्ष भण्डारीले बताए ।

उदयदेव मन्दिरमा  महानवमीका दिन बोका तथा राङ्गाको बलि दिने चलन रही आएको छ। महाष्टमीका दिन मन्दिरमा रांगा बाध्ने र महानवमीका दिन रांगा काट्ने चलन रही आएको स्थानीय तथा पाटन नगरपालिकाका पुर्व नगर प्रमुख केशव बहादुर चन्दले बताए ।

यसैबीच मन्दिरमा लाग्ने मेलालाई मध्यनजर गरेर पाटन नगरपालिका वडा नम्बर ६ ले मेलास्थललाई मदिरा निषेधित क्षेत्र घोषणा गरिएको थियो । पाटनस्थित मैतड जातमा देउडा खेल समेत हुने गरेको छ ।  महाअष्टमीको राति र महानवमीका दिन देउडा  खेल खेलेर भक्तजनहरु रमाइलो  गर्ने गर्दछन्  । 

उदयदेव मन्दिरमा महाष्टमी र महानवमीका दिन बिशेष जात्रा लाग्ने भएकाले मदिरा निषेध गरि जात्रालाई भव्य रुपमा सम्पन्न गर्न सिद्धनाथ उदयदेव धार्मिक क्षेत्र विकास समितीको समन्वय र पाटन नगरपालिका वडा नम्बर ६ को आयोजनामा देउडा प्रतियोगिता समेत सम्पन्न गरिएको बताइएको छ । स्थानीय भाषामा मैतडको जात भनिने उदयदेव मन्दिरको दर्शनका लागि टाढाका भक्तजनहरु समेत मन्दिरमा आउने गरेको सिद्धनाथ उदयदेव धार्मिक क्षेत्र विकास समितीका कार्यवाहक अध्यक्ष भण्डारीले बताएका छन ।

प्रकाशित मिति: बिहीबार, असोज १६, २०८२  २०:४०
प्रतिक्रिया दिनुहोस्
Weather Update