देउडा कार्यक्रममा दुई पक्षबिच झडप हुँदा ३ जना घाइते

बैतडी - बाजुराको त्रिवेणी नगरपालिका-२ मा आयोजित देउडा कार्यक्रममा दुई पक्षबिच झडप हुँदा ३ जना घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालय बाजुराका अनुसार बिहीबार राति भएको झडपमा त्रिवेणी-३ का १८ वर्षीय मनोज साँउद,२२वर्षीय दिनेश साँउद र १६ वर्षीय तपेश साँउद घाइते भएका बताइएको छ ।
प्रहरी स्रोतका अनुसार मनोज साँउदको घाँटी, निधार र दाहिने हातमा चोट लागेको छ भने दिनेश साँउदको घाँटी र बाँया पाखुरामा चोट लागेको छ। यस्तै तपेश साँउदको दाहिने हातको नाडीमा सामान्य चोट पुगेको छ।
उनीहरूलाई आफन्तहरूले उपचारका लागि धनगडी लगेको प्रहरीले जनाएको छ।घटनामा संलग्न त्रिवेणी-५ का २० वर्षीय तेज बुढालाई प्रहरीले नियन्त्रणमा लिएको छ भने अन्य फरारको खोजी भइरहेको प्रहरीले जनाएको छ।
प्रकाशित मिति: शनिबार, असोज १८, २०८२ ०९:३३
प्रतिक्रिया दिनुहोस्