बैतडीका हिमाल भट्टराईले गरे मेरा शिखर आरोहण

बैतडी - बैतडीको पाटन नगरपालिका-१ सकारका हिमाल भट्टराईले ६,४७ मिटर अग्लो मेरा शिखर सफलतापूर्वक आरोहण गरेका छन्।
आरोहणमा गाइड ओन्छु शेर्पाले लजिस्टिक र सुरक्षाको जिम्मा सम्हालेका थिए। भट्टराईले असोज १५ गते बिहान १०:१२ बजे एकल आरोहीको रुपमा हिमालको शिखरमा पाइला टेक्न सफल भएको बताए ।
सफल आरोहणपछि भट्टराईले यो उपलब्धिलाई व्यक्तिगत सपना मात्र नभई सबै नेपाली युवालाई प्रेरणा दिने सन्देशको रूपमा लिएको बताउनु भयो। नेपालको पर्वतारोहण क्षेत्रमा भट्टराईले प्राप्त गरेको यो उपलब्धिलाई बैतडी सहित सुदुरपश्चिमका लागि गौरवपूर्ण मानिएको छ।
साहस र दृढ संकल्प भएमा बैतडी जस्तो टाढाको जिल्लाबाट आएको व्यक्तिले पनि हिमालयको शिखरमा पुग्न सक्छ भन्ने सन्देशका रुपमा समेत यसलाई लिन सकिने आरोही भट्टराईको भनाइ रहेको छ ।
प्रकाशित मिति: शनिबार, असोज १८, २०८२ १०:५८
प्रतिक्रिया दिनुहोस्