टेलिकमको नेटवर्क नहुँदा समस्या

बैतडी –बैतडीको शिवनाथ गाउँपालिका–२ सनकोट गाउँमा टेलिकमको नेटवर्क नहुँदा स्थानीयहरुलाई समस्या भएको छ ।
बर्षौंदेखि नेटवर्कको समस्या झेलिरहेका यहाँका बासिन्दाहरुले सञ्चारका लागि डाँडाकाँडा धाउनुपर्ने बाध्यता रही आएको स्थानीय समेत रहेका शिक्षक शिवराज कलौनीले बताए ।
शिवनाथको धुरामा नेपाल टेलिकमको टावर भएपनि सनकोट गाउँमा नेटवर्कको समस्या रहेको उनले बताए ।
टेलिकमको नेटवर्कले काम नगर्दा फोन सेवा र इन्टरनेट सेवाबाट वञ्चित हुनुपरेको कलौनीले बताए ।
नेपाल टेलिकमको नेटवर्कले काम नगर्दा आफन्तहरुसँग सम्पर्क विहिन हुनुपरेको कलौनीले बताए ।
गाउँमा देखिएको समस्या समाधानका लागि पहल गरिदिन सम्बन्धित निकायलाई स्थानीयहरुले माग समेत गरेका छन् ।
प्रकाशित मिति: मंगलबार, असोज २१, २०८२ ०९:२७
प्रतिक्रिया दिनुहोस्