
बैतडी –एक्कासी आएको बर्षाले बैतडीसहित सुदूरका पहाडी जिल्लामा खर (गाज्ज्यो)मा क्षति पुर्याएको छ ।
हिउँदमा वस्तुभाउलाई खुवाउनका लागि खर काटेर सुकाउने चलन रही आएको छ । मंगलबार र बुधबार एक्कासी परेको पानीले खरफागलमा काटेको खरमा क्षति पुर्याएको स्थानीयहरुले बताएका छन् ।
खर काटेर सुकाउनका लागि दुई÷तीन दिन खरफागलामै छोड्ने गरिन्छ । एक्कासी मौसममा आएको परिवर्तनमा काटेको खर कुहिने चिन्ता बढेको सुर्नया–६ की जयन्ती अवस्थीले बताइन् ।
सुदूरपश्चिमका पहाडी जिल्लाहरुमा असोज–कार्तिकमा खर काटेर थुप्रो बनाउने चलन रही आएको छ । उक्त खरलाई हिउँदको समयमा वस्तुभाउलाई खुवाउने गरिन्छ । तर एक्कासी आएको पानीले खरफागलमा काटेको खरमा क्षति पुर्याएको दार्चुलाका स्थानीय गंगासागर जोशीले बताए ।
खर काटेर सुकाउन लागि राखिएकोमा बर्षाले क्षति पुर्याएको जोशीले बताए । खरफागलामा खर राम्रोसँग सुक्न नपाउँदा कुहिने चिन्ता थपिएको उनले बताए । हिउँदको समयमा वस्तुभाउलाई खुवाउनका लागि खर काटेर थुपार्ने चलन रही आएको छ ।
पहाडी क्षेत्रमा खर काट्ने चटारो बढेको भएपनि एक्कासी मौसममा आएको परिवर्तन समस्या भएको बताइएको छ । काटेको खर समेत थुपार्न नपाउँदा समस्या भएको किसानहरुको भनाइ रहेको छ ।