
बैतडी –कञ्चनपुरको महेन्द्रनगरदेखि बैतडीको सनशेरीमाण्डौंसम्म बस सेवा सञ्चालन हुने भएको छ ।
महाकाली बहुउद्देश्यीय यातायात प्रालिले यही असोज २५ गतेदेखि महेन्द्रनगरबाट सनशेरीमाण्डौं र सनशेरीमाण्डौंबाट महेन्द्रनगरसम्म बस सेवा सञ्चालन गर्न लागेको यातायात व्यवसायी जनकराज भट्टले बताए ।
महेन्द्रनगरदेखि खोड्पे, मोतीनगर, शंकरपुर, रौलेश्वर हुँदै सनशेरीमाण्डौंसम्म बस सेवा सञ्चालनमा आउने भट्टले बताए । सोही रुट भएर सनशेरीमाण्डौंदेखि महेन्द्रनगरसम्म बस सेवा सञ्चालन हुने उनले बताए ।
यात्रुहरुको सुविधालाई ध्यानमा राखेर सनशेरीमाण्डौंसम्म बस सेवा सञ्चालनको तयारी भएको बताइएको छ । नेपाल सरकारले तोकेको भाडादर अनुसार टिकट लिइने भट्टले बताए ।
हरेक दिन बिहान ७ बजे महेन्द्रनगरबाट सनशेरीमाण्डौंका लागि बस छुट्नेछ भने सनशेरीमाण्डौंबाट पनि बिहान ७ बजे महेन्द्रनगरका लागि बस छुट्ने भट्टले बताए ।
यो रुटमा बस सेवा सञ्चालनमा आए यात्रुहरुलाई सुविधा हुने अपेक्षा गरिएको छ ।