Sagun Khabar
शिवनाथका ६ ओटै वडामा रास्वपाको समिति गठन 

बैतडी –राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले संगठन विस्तारको क्रममा बैतडीको शिवनाथ गाउँपालिकाको ६ ओटै वडामा वडा समिति गठन गरेको छ । 

जिल्लाभरीका वडाहरुमा समिति विस्तार गर्ने अभियान अन्तर्गत शिवनाथका सबै वडामा समिति गठन गरिएको रास्वपा सुदूरपश्चिमका संस्थापक महामन्त्री भोजराज जोशी (क्वालिटी)ले जानकारी दिए । 

प्रत्येक वडामा भेला गरेर पार्टीको वडा समिति विस्तार गरिएको रास्वपा शिवनाथका सभापति मोहनसिंह साउँदले बताए । 

जिल्लाका सबै स्थानीय तह र वडामा संगठन विस्तार अभियान तीव्र रुपमा सञ्चालन भइरहेको रास्वपा बैतडीका सभापति भीम नाथले जानकारी दिए । 
 

प्रकाशित मिति: बिहीबार, असोज २३, २०८२  १७:१७
प्रतिक्रिया दिनुहोस्
Weather Update