
बैतडी –बैतडीमा पनि विभिन्न कार्यक्रमको आयोजना गरेर विश्व हुलाक दिवस मनाइएको छ ।
जिल्ला हुलाक कार्यालय बैतडीले १ सय ५१ औं हुलाक दिवसको अवसरमा तीनदिन सम्म विभिन्न कार्यक्रमको आयोजना गरेको जिल्ला हुलाक कार्यालयका निमित्त प्रमुख प्रकाश कार्कीले बताए ।
दिवसको अवसरमा कार्यालय परिसर सरसफाइ, उत्कृष्ट कर्मचारीलाई पुरस्कार, बिरामीलाई फलफूल वितरण लगायतका कार्यक्रम गरिएको कार्कीले बताए ।
दिवसको अवसरमा जिल्ला हुलाक कार्यालयमा ३१ बर्षदेखि सेवा दिइरहेका हुलाकी तर्कराज भट्टलाई उत्कृष्ट कर्मचारीको रुपमा नगद पुरस्कारसहित सम्मान गरिएको कार्कीले बताए ।
यस्तै दिवसको अवसरमा जिल्ला अस्पताल बैतडीमा उपचाररत बिरामीहरुलाई फलफूल र पानी वितरण गरिएको उनले बताए ।
बैतडीमा जिल्ला हुलाक कार्यालयका साथै ९ ओटा पालिका हुलाक कार्यालयहरु रहेका छन् । यस्तै ४२ ओटा अतिरिक्त हुलाक कार्यालयहरु सञ्चालनमा रहेका कार्कीले बताए ।
हुलाक कार्यालयले वैदेशिक हुलाक वस्तु ओसारपोसार, सरकारी चिठीपत्र लगायतका हुलाक वस्तुहरु ओसारपोसार गर्दै आएको छ । पछिल्लो समयमा एफ एम रेडियोहरुको नियमन, अनुगमन र नवीकरणको काम समेत हुलाक कार्यालयले गर्दै आएको निमित्त कार्यालय प्रमुख कार्कीले बताए ।