Sagun Khabar
इजरायली सेनाले भन्यो –‘विपिन जोशी जीवित रहेको प्रमाण फेला परेन’ 

बैतडी – इजरायलमा हमासद्वारा नियन्त्रणमा लिइएका विपिन जोशी जीवित नरहेको इजरायली सेनाका अधिकारीले बताएका छन् ।

इजरायली सेना आईडीएफका एक अधिकारीले इजरायलको स्थानीय समय अनुसार आज बिहान साढे ७ बजे विपिन जीवित नरहेको औपचारिक जानकारी दिएका हुन् ।

ती अधिकारीले इजरायलका लागि नेपाली राजदूत धनप्रसाद पण्डित, अमेरिकामा रहेकी विपिनकी बहिनी, नेपालमा रहेका विपिनका दाजु किशोर र इजरायलको प्रधानमन्त्री कार्यालयका दुई अधिकारीहरुलाई भिडियो कन्फरेन्समा जोडेर विपिन जीवित नरहेको औपचारिक जानकारी दिएको राजदूत पण्डितले बताएका छन् । 

अमेरिकाको पहलमा इजरायल र हमासबिच युद्धविराम भएपछि आज हमासको नियन्त्रणमा रहेका जीवित र मृतक बन्दीहरु रिहा गर्ने कार्यक्रम छ । आज छाड्न लागिएका २० जनाको सूचीहरुमा विपिनको नाम छैन ।

बैतडीको दोगडाकेदार गाउँपालिका–१ रीम पुख्र्यौली घर भएका विपिनको परिवार पछिल्लो समयमा कञ्चनपुरमा बस्दै आएको छ । कञ्चनपुरबाट उनी अध्ययनको सिलसिलामा ‘लर्न एण्ड अर्न’कार्यक्रम अन्तर्गत इजरायल पुगेका थिए । 

दुई बर्ष अघि हमासले इजरायलको किबुत्ज क्षेत्रमा गरेको आक्रमणको क्रममा जोशीलाई बन्धक बनाइएको थियो । सो आक्रमणको क्रममा १० जना नेपाली विद्यार्थीहरु मारिएका थिए । हमास लडाकुहरुले विपिनलाई आफूसँगै लिएर गएका थिए ।
 

प्रकाशित मिति: सोमबार, असोज २७, २०८२  १२:५६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update