Sagun Khabar
प्रचण्डमाथी लागेको आरोपको खण्डन,बैतडीबाट वाइसीएलको ज्ञापनपत्र गृहमन्त्रीलाई

बैतडी : योङ्ग कम्युनिष्ट लीग नेपाल बैतडीले प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाएको छ।

नेकपा माओबादी केन्द्रका संयोजक पुष्पकमल दाहाल प्रचण्डमाथी लागेको आरोपको खण्डन गर्दै प्रमुख जिल्ला अधिकारीमार्फत गृहमन्त्रीलाई ज्ञापनपत्र बुझाएको बताइएको छ। ज्ञापनपत्र मार्फत जेन्जी आन्दोलनको दिन प्रचण्डको घर जलाईनुअघि दुईओटा ट्रकमा दुई करोड रुपैया लुकाईएको भन्ने कुराको भर्त्सना गरिएको छ। सामाजिक सञ्जाल तथा बिभिन्न मिडियामा पूर्व प्रहरी माहानिरिक्षक देवेन्द्र सुबेदी र अधिबक्ता बालकृष्ण न्यौपानेले झुटो प्रचार गरेको योङ्ग कम्युनिष्ट लीग नेपाल बैतडीका ईन्चार्ज तर्कसिह ठगुन्नाले बताए।

तथ्यहिन र राजनितिक प्रतिशोध राखेर चरित्रहत्या गरिए  योङ्ग कम्युनिष्ट लीग नेपाल बैतडीले बुझाएको ज्ञापनपत्रमा उल्लेख गरिएको छ। नेकपा माओबादी केन्द्रका संयोजक पुष्पकमल दाहाल प्रचण्डमाथी लगाईएको झुटो आरोपको बिरुद्ध नेपाल प्रहरीको साईबर ब्यरोमा उजुरी दर्ता समेत गरिएको ठगुन्नाले बताए ।

बिना आधार झुटो आरोप लगाउनेप्रति कानुनी कार्वाहीको माग गरिएको छ। सोहि कार्वाहीको मागमा अनेरास्ववियु (क्रान्तिकारी) बैतडीले पनि एक्यबद्धता जनाएको छ।

प्रकाशित मिति: बिहीबार, असोज ३०, २०८२  ०८:४०
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update