
बैतडी : बैतडीका एक जनाकाे रेलकाे ठक्करबाट भारतमा मृत्युु भएकाे छ।
जिल्लाकाे सुर्नया गाउँपालिका वडा नं २ लिस्किटा दल्लाड घर भएका ४२ वर्षिय बिसा चन्दकाे भारतकाे केरलामा रेलकाे ठक्करबाट मृत्यु भएकाे बताइएको छ । राेजगारीकाे सिलसिलामा स-परिवार भारत बस्दै आएका बिसा चन्दको बुधबार रेलकाे ठक्करबाट मृत्युु भएकाे मृतक बिसा चन्दका भाइ गणेश बहादुर चन्दले बताए ।
पारिवारिक स्रोतका अनुसार भारतकाे केरलबाट बेंगलाेर फर्किने क्रममा बिसाको रेलको ठक्करबाट मृत्यु भएको बताइएको छ । भारतको केरलामा काम गर्ने मृतक चन्दका छाेरा र श्रीमती भने बेंगलाेरमा रहेका बुझिएको छ ।
परिवार पाल्न भारत पसेका चन्दकाे उतै मृत्युु भएपछि चन्द परिवार अहिले शाेकमा डुबेको छ । बुधबार मृत्यु भएका उनकाे दाहसंस्कार बेंगलाेरमै हुने पनि पारिवारिक स्राेतले जनाएकाे छ ।