Sagun Khabar
विवादकाबीच डडेल्धुरामा नेपाली कांग्रेसको वडा अधिवेशन शुरु 
स्वास्थ्य सन्देश
Atrya hospital

डडेल्धुरा –डडेल्धुरामा नेपाली काँग्रेसको वडा अधिवेशन सुरु भएको छ । विवादकाबीच वडा अधिवेशन सुरु भएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले बताएको छ । सबै वडाको विवरण भने आएको छैन । निर्वाचन अधिकृत लोकेन्द्रबहादुर बमका अनुसार कांग्रेसको वडा अधिवेशन शुरु भएको छ । 

नेपाल शिक्षक संघको सहयोगमा मतदान अधिकृत तोकी सम्बन्धित वडामा निर्वाचन सामाग्री पठाइसकिएको थियो । यता नेपाली कांग्रेस जिल्ला कार्यसमितिले भने अधिवेशन स्थगित गर्ने निर्णय गरेको थियो । जिल्ला सभापति कर्णबहादुर मल्ल र अर्को पक्षबीच विवाद हुँदा डडेल्धुरा कांग्रेसभित्र किचलो भईरहेको छ । 
 

प्रकाशित मिति: शुक्रबार, भदौ २५, २०७८  १०:१३
प्रतिक्रिया दिनुहोस्
Weather Update