Sagun Khabar
ब्लड क्यान्सरबाट पीडित बैतडीका प्रेम महराको उपचारमा आर्थिक अभाव, सहयोगका लागि आग्रह 

बैतडी –बैतडीको सुर्नया गाउँपालिका–८ दोराका प्रेम महराको उपचारमा आर्थिक अभाव भएको छ । ब्लड क्यान्सरबाट पीडित महराको हाल चितवनस्थित विपी कोईराला मेमोरियल क्यान्सर अस्पतालमा उपचार भइरहेको छ । 

महराको उपचारमा धेरै खर्च लाग्ने भएकाले आर्थिक अभाव भएको उनको पारिवारिक श्रोतले जनाएको छ । महराको उपचारका लागि सहयोग गरिदिन सबैलाई अपिल समेत गरिएको छ । 

क्यान्सरजस्तो प्राण घातक रोगबाट पीडित महराको जीवन रक्षाका लागि सबैलाई आग्रह गरिएको अभियान्ता विशाल भट्टले बताए । नियमित रुपमा केमोथेरापी, औषधी तथा अन्य उपचारका लागि महरा परिवारलाई आर्थिक अभाव रहेको उनले बताए । 

कठीन परिस्थितीमा रहेको महरा परिवारलाई सबैले सहयोग गरि प्रेम महराको प्राण रक्षामा सहभागी भइदिन अनुरोध गरिएको छ । 

प्रेम महराको उपचारमा सहयोग गर्ने महानुभावहरुले उनको छोरा राजेन्द्र महराको निम्न खातामा रकम जमा गर्न सक्नेछन् । 

AC Name : Rajendra Mahara

Ac Number : 01907010334839

Bank Name : Globle Ime Bank

Ra-1761124048.jpg
 

भारतबाट सहयोग गर्ने महानुभावहरुले निम्न खातामा रकम पठाउन सक्नुहुनेछ 

Inida-support-1761124064.jpg
 

प्रकाशित मिति: बुधबार, कात्तिक ५, २०८२  १४:५३
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update