बैतडी–बैतडीको प्रसिद्ध रौलाकेदार धाममा यो बर्ष जात्रा नहुने भएको छ ।
हरेक बर्ष कार्तिक शुक्ल सप्तमी र अष्टमीको दिन रौलाकेदार धाममा जात्रा हुने भएपनि यो बर्ष जात्रा रोकिएको रौलाकेदार धामका पूजारी विष्णुदत्त भट्टले बताए ।
रौलाकेदार देवताका धामीको निधन भएकाले उक्त धाममा यो बर्ष जात्रा नलाग्ने पूजारी भट्टले बताए ।
रौलाकेदार धाममा जात्रा भएको बर्ष कार्तिक शुक्ल सप्तमीका दिन सुर्नया गाउँपालिका–५ स्थित भण्डार घरबाट भण्डार लग्ने चलन रहेको छ । कार्तिक शुक्ल अष्टमीका दिन रौलाकेदार धाममा पूजाआजा हुने पूजारी भट्टले बताए ।
रौलाकेदार धामको दर्शनका लागि टाढा–टाढाका दर्शनार्थी आउने गरेका छन् ।
यस्तै सुर्नया गाउँपालिका–४ स्थित सनशेर मन्दिमा कार्तिक शुक्ल षष्ठीका दिन जात्रा हुने भएको छ । कार्तिक शुक्ल प्रतिपदाबाट नवरात्र शुरु भई कार्तिक शुक्ल षष्ठीको राति जात्रा हुने सनशेर मन्दिरका पू्जारी विष्णुदत्त भट्टले बताए ।
सुदूरपश्चिमका पहाडी जिल्लाहरुमा हिजोआज जात्राको रौनक छाएको छ ।





