बैतडी –दशैँ–तिहारजस्ता ठूला चाडपर्व सकिएसंगै सुदूरपश्चिमका पहाडी जिल्लाहरुबाट तराईका जिल्लामा जाने यात्रुहरुको संख्या बढेको छ । चाडपर्वका लागि पुख्र्यौली थलोमा आएकाहरु कर्मथलोतर्फ फर्कने क्रम बढेको स्थानीयहरुले बताएका छन् ।
सुदूरपश्चिमका पहाडी जिल्ला बैतडी, दार्चुला, बझाङ,डडेल्धुरा, डोटी,अछाम र बाजुराबाट तराईका जिल्ला कैलाली र कञ्चनपुर फर्कनेको संख्या बढेको यातायात व्यवसायीले बताएका छन् ।
बैतडीबाट धनगढी र महेन्द्रनगर जाने यात्रुको संख्या बढेको सुदूरपश्चिम यातायात प्रालिको मुस्याचोर काउन्टरका सम्पर्क व्यक्ति मानबहादुर टेरले बताए । दशैँ –तिहारसकिएसंगै पहाडबाट तराई जानेको संख्या बढेको उनले बताए ।
दशैँ–तिहारका लागि घर आएका कर्मचारी, विद्यार्थी कर्मथलोमा फर्कने भएकाले हिजोआज गाडीमा यात्रुको चाप बढेको टेरले बताए ।
दशैँ–तिहारको समयमा विभिन्न शक्तिपीठ तथा मन्दिरहरुमा पूजाआजाका लागि आएकाहरु चाडपर्व सकिएसंगै कर्मथलोतर्फ फर्किएका अनिरुद्र मन्दिरका पूजारी विनोदप्रसाद अवस्थीले बताए । उनले भने ‘यताबाट बसाइसराई गरेर गएकाहरु पनि दशैं–तिहारको समयमा पुख्र्यौली थलोमा आउने गरेका छन् । अब दशैं–तिहार सकिएपछि कर्मथलोतर्फ फर्कनेहरुको संख्या बढेको छ ।’
पहाडबाट तराई जाने गाडीहरुमा यात्रुको चाप बढेको यातायात व्यवसायीहरुले बताएका छन् । पहाडबाट तराई जाने गाडीहरुमा अचेल भीडभाड बढेको बताइएको छ । पहाडबाट तराई जाने हरेक गाडीमा यात्रुको चाप बढेको टेरले बताए ।
दशैँ–तिहारजस्ता ठूला चाडपर्व सकिएपछि कर्मथलोमा फर्कने भएकाले तराई जानेको संख्या बढेको सुर्नया–६ का लवदेव अवस्थीले बताए । अन्य समयको तुलनामा यो समयमा तराई जाने यात्रुहरुको संख्या स्वभाविक रुपले बढीरहेको उनले बताए । उनले भने ‘यो समयमा तराई जानेको संख्या बढ्नु स्वभाविक हो । दशैं–तिहारका लागि पहाड आएकाहरु तराई फर्किरहेका छन् ।’
पहाडबाट तराई जाने गाडीहरुमा आजभोलि सिट पाउन समेत मुस्कील भएको यात्रुहरुले बताएका छन् ।





