Sagun Khabar
दशरथचन्द नगरपालिकामा नयाँ प्रमुख प्रशासकीय अधिकृत सुवेदी हाजिर 

बैतडी –बैतडीको दशरथचन्द नगरपालिकामा नयाँ प्रमुख प्रशासकीय अधिकृत हाजिर भएका छन् । 

उपसचिव केशवराज सुवेदी नगरपालिकाको नयाँ प्रमुख प्रशासकीय अधिकृतको रुपमा हाजिर भएका नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख भुवनप्रसाद जोशीले बताए । 

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सुवेदीलाई दशरथचन्द नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा खटाएपछि उनी आज हाजिर भएका हुन् । यसअघि सुवेदी मालपोत कार्यालय तनहुँमा कार्यरत रहेका थिए । 
नगरपालिकामा हाजिरभएसँगै सुवेदीले प्रमुख प्रशासकीय अधिकृतको रुपमा कामकाज शुरु गरेका छन् । 

प्रमुख प्रशासकीय अधिकृत सुवेदीलाई आज नगरपालिकाका कर्मचारीहरुले कार्यालयमा स्वागत समेत गरेका छन् । 
 

प्रकाशित मिति: मंगलबार, कात्तिक ११, २०८२  १२:४७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update