मणिलेक मावि गुरुखोलाको प्रधानाध्यापकमा मडै नियुक्त
बैतडी–बैतडीको दशरथचन्द नगरपालिका–१ स्थित मणिलेक मावि गुरुखोलाको प्रधानाध्यापकमा धिरबहादुर मडै नियुक्त भएका छन् ।
विद्यालय व्यवस्थापन समितिको निर्णय अनुसार मडैलाई प्रधानाध्यापक पदमा नियुक्त गरिएको हो ।
माध्यमिक तहको गणित बिषय अध्यापन गराउँदै आएका मडै २०७८ भदौमा मणिलेक माविमा आएका थिए । यसअघि उनले डडेल्धुराको सरस्वती मावि बगरकोट, बैतडीको लेकलुँपुड मावि सिगास र रौलेश्वर मावि रामकी बरायलयमा अध्यापन गरिसकेका छन् ।
विद्यालयको प्रधानाध्यापकमा नियुक्त भएका मडैले विद्यालयको चौतर्फी विकासका लागि आफूले सक्दो पहल गर्ने बताए ।
बैतडीको सुर्नया गाउँपालिका–५ मड घर भएका मडै झण्डै दुई दशकदेखि शिक्षण पेशामा आवद्ध रहेका छन् ।
प्रकाशित मिति: बुधबार, कात्तिक १२, २०८२ ०७:३३
प्रतिक्रिया दिनुहोस्





