Sagun Khabar
एमालेले बैतडीमा जागरण सभा गर्ने 

बैतडी –नेकपा एमाले बैतडीमा जागरण सभा गर्ने भएको छ । 

आज बसेको जिल्ला कमिटिको आठौं बैठकले लोकतन्त्रको रक्षाका लागि यही कार्तिक २९ गते जिल्ला सदरमुकाममा जागरण सभाको आयोजना गर्ने निर्णय गरेको एमाले बैतडीका उपाध्यक्ष लोकेन्द्र भण्डारीले बताए । 

जागरण सभाका लागि १० ओटै स्थानीय तहमा पालिकास्तरीय बैठक गर्ने निर्णय भएको उपाध्यक्ष भण्डारीले बताए । 

लोकतन्त्रको रक्षा, आपसी सदभाव र संविधानको रक्षाका लागि जागरण सभाको आयोजना गर्ने तयारी भएको एमाले बैतडीका अध्यक्ष नरेश विकले बताए । 

बैठकमा एमालेका केन्द्रीय सदस्यद्वय लिलाधर भट्ट र दामोदर भण्डारी, एमाले सुदूरपश्चिमका अध्यक्ष कृष्णप्रसाद जैशी, जिल्ला कमिटिका पदाधिकारी तथा अन्य नेता कार्यकर्ताहरुको सहभागिता रहेको थियो । 
 

प्रकाशित मिति: शुक्रबार, कात्तिक १४, २०८२  १७:५५
प्रतिक्रिया दिनुहोस्
Weather Update