Sagun Khabar
बैतडीका एक जना लागूऔषधसहित धनगढीबाट पक्राउ 

बैतडी –बैतडीका एक जना लागूऔषधसहित धनगढीबाट पक्राउ परेका छन् । 

कैलालीको धनगढी उपमहानगरपालिका–३ त्रिनगर ब्यारेल नजिकबाट बैतडीको पाटन नगरपालिका–१ घर भई हाल कैलालीको गोदावरी नगरपालिका–१ अत्तरीया कोठा गरी बस्ने २४ वर्षीय नन्दराज भट्टलाई लागूऔषधसहित पक्राउ गरिएको हो । 

भट्टको साथबाट ३२० मिलिग्राम लागूऔषध खैरो हेरोइन फेला पारी उनलाई जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले बुधवार नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 
 

प्रकाशित मिति: बिहीबार, कात्तिक २०, २०८२  १३:२२
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update