बैतडीकी एक महिला सेती नदी किनारमा मृत फेला
बैतडी–बैतडीको सिगास गाउँपालिका घर भएकी एक महिला सेती नदी किनारमा मृत फेला परेकी छन् ।
सिगास गाउँपालिका –५ खैरकोट घर भइ हाल कैलालीको गौरीगंगा नगरपालिका १० उदासीपुर बस्दै आएकी ६४ बर्षीया धनमती धामी सेती नदी किनारमा मृत फेला परेकी हुन् ।
डोटी आदर्श गाउँपालिका बबिनास्थित सेती नदी किनारमा धामीको शव बग्दै गरेको अवस्थामा मंगलबार दिउँसो फेला परेको हो ।
सिगासको भूमिराज मन्दिरमा लागेको जात्राबाट फर्कदै गर्दा उनी लडेको अनुमान गरिएको छ । घटनाका बिषयमा डोटी प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
प्रकाशित मिति: बुधबार, कात्तिक २६, २०८२ ०७:२२
प्रतिक्रिया दिनुहोस्




