Sagun Khabar
पत्रकार विसी र दयाललाई ज्यान मार्ने धम्की, महासंघ र संघसंगठनद्वारा निन्दा 

बैतडी–नेपाल पत्रकार महासंघ बैतडीका उपाध्यक्ष, रेडियो मेलौलीका स्टेशन म्यानेजर तथा नेपाल प्रेस युनियनका सुदूरपश्चिम प्रदेश सदस्य लक्ष्मण विसी र महासंघ बैतडीका सहसचिव मंगेश दयाललाई ज्यान मार्ने धम्की दिएकोप्रति सर्वत्र विरोध गरिएको छ । 

नेपाल पत्रकार महासंघ जिल्ला शाखा बैतडी, नेपाल प्रेस युनियन बैतडी, प्रेस चौतारी बैतडी, नेपाल प्रेस युनियन सुदूरपश्चिम प्रदेश समिति, नेपाल पत्रकार महासंघ केन्द्रीय समिति लगायतले विज्ञप्ती जारी गर्दै कर्म क्षेत्रमा खटेका पत्रकारलाई ज्यान मार्ने धम्की दिनु निकै निन्दनीय भएको भन्दै दोषीलाई कारवाही गर्न माग गरिएको छ । 

समाचारमा चित्त नबुझे कानुनी प्रक्रियामा जाने बाटो खुला हुँदाहुँदै ज्यान मार्ने धम्की दिनु प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता विरुद्धको कार्य भएको विज्ञप्तीमा उल्लेख गरिएको छ । 

पञ्चेश्वर गाउँपालिका–४ घर भइ आम्चोरा स्वास्थ्यचौकीमा कार्यरत सिनियर अहेव भानबहादुर चन्दले पत्रकार विसी र दयाललाई फोनमार्फत गालीगलौज गर्दै ज्यान मार्ने धम्की दिएका थिए । 

पत्रकारमाथि गरिएको यो दुव्यर्वहारको भत्र्सना गर्दै दोषीलाई कानुनी कारवाही गर्न विज्ञप्तीमार्फत महासंघ र संघसंगठनहरुले माग गरेका छन् ।  

1-1762943884.jpg
4-1762943904.jpg
Screenshot-2025-11-11-192406-1762943923.jpg
2-1762943941.jpg
3-1762943958.jpg
 

प्रकाशित मिति: बुधबार, कात्तिक २६, २०८२  १६:२४
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update