Sagun Khabar
बाल यौन दुर्व्यवहार मुद्दाका दोषी पक्राउ 

डडेल्धुरा – डडेल्धुरामा बाल यौन दुर्व्यवहार मुद्दाका दोषी एक युवकलाई प्रहरीले पक्राउ गरेको छ ।

परशुराम नगरपालिका–४ कटालका २२ वर्षीय प्रेमबहादुर बोहरा अदालतले तोकेको फैसलाअनुसार पक्राउ परेका हुन् । अदालतले बोहरामाथि बाल यौन दुर्व्यवहार प्रकरणमा ४ महिना १६ दिन कैद तथा ३० हजार रुपैयाँ जरिवाना सजाय तोकेको थियो । सजाय तोकिएपछि उनी फरार रहेका थिए । 

इलाका प्रहरी कार्यालय जोगबुढाबाट खटिएको प्रहरी टोलीले उनलाई बिहीबार आफ्नै घरबाट नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ । प्रहरीले आवश्यक कानुनी प्रक्रिया पूरा गरी सजाय कार्यान्वयन अघि बढाइने प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: शुक्रबार, कात्तिक २८, २०८२  १२:०८
प्रतिक्रिया दिनुहोस्
Weather Update